Duration 20:14

व्यावसायिक सिताके च्याउ बाट करोडौँ कमाउन सक्ने (भाईरल)

35 950 watched
0
644
Published 27 Apr 2019

व्यवसायिक अर्गानिक सिताके च्याउको खेती गरि नेपालमा कसरी करोडौँ कमाउन सकिन्छ? सम्पूर्ण सिताके च्याउमा रुचि राख्ने युवा कृषि उद्यमीहरुमा एभरेष्ट किनोको प्रालि हार्दिक स्वागत गर्दछौं। के हो सिताके? एभरेष्ट किनोको प्रा. लि. ले जापानमा लामो समय कृषिजन्य सम्बन्धि अध्ययन गरे अनुसार, व्यवसायिक सिताके च्याउको खेती भन्नाले बजारको मागअनुसार वर्षभरि व्यवस्थित तरिकाले च्याउ उत्पादन गर्ने कुरालाई बुझिएको छ। के हो सिताके? जापानी भाषामा कटुसको मुदामा फल्ने च्याउलाई " सिताके " भनिन्छ। सिई= कटुसको रुख,+ ताके= च्याउ अर्थात् कटुसको मुदाको च्याउ दुईवटा उच्चारणहरु मिलेर सिई + ताके एउटा वाक्य बन्दछ सिताके। तर जापानी भाषामा “ताके” मात्र भनेर च्याउ भनि बुझ्दैनन्, यसलाई “ किनोको ” KINOKO भनेपछि मात्र च्याउ भन्नेकुराको अर्थ लाग्दछ। नेपालमा यसलाई "सिताके" भनेर उच्चारण गरिन्छ भने वास्तवमा यसको सहि उच्चारण "सिईताके" हो। नेपालमा यस च्याउलाई मृग को जस्तो रंग र बुट्टेदार भएकोले यसलाई नेपालमा मिर्गेच्याउ पनि भन्ने गरिएको छ। व्यवसायिक सिताके च्याउखेती दुई प्रकारका हुन्छन। १. काठको मुढामा बिउ रोपेर गरिने प्रविधि २. काठको धुलोलाई ब्लक बनाई बिउ रोपी गरिने प्रविधि। करिब ४०० वर्षदेखि सिताके (मृगे) च्याउ एउटा प्रसिद्ध परिकारको रूपमा एशिया महादेशमा रहँदै आएको छ । पहिले यस च्याउलाई औषधीको रूपमा प्रयोग गरिएको तथ्यहरु भेटिन्छ । तर अहिले यो च्याउ अन्य विभिन्न फाईदाहरुको कारणले दिन प्रतिदिन मानिसहरुको मन जिति भान्छा भान्छामा पुग्न सफल भईरहेको छ । यसमा हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्वहरु प्रसस्त मात्रामा हुनुको साथै क्यान्सर जस्ता डरलाग्दा रोगहरुसँग लड्नसक्ने शक्ति हुनु र सुवादमा पनि निकै मिठो हुनुको कारण पनि यसको माग बिश्व भरि नै दिनौं बढ्दै गइरहेको छ । कृषि क्षेत्रमा हाल यसको मागहरु बढ्दै गइरहेको अवस्थामा , यो व्यवसाय हाल एशियाको जापान, चिन, मात्र सिमित नभई संसारका बिभिन्न देशहरुमा यसको माग दिनौं बढ्नुको साथै नेपाल लगायत दक्षिण एशियाई देशहरू भारत, श्रीलंका, बंगलादेश, र भुटानमा समेत यसको प्रभाव दिनों बढ्दै गइरहेको देखिन्छ । सिताके च्याउका फाईदाहरु: क्यान्सर (अर्बुद्ध) रोगसंग लड्ने शक्ति प्राप्त हुने, मुटुको स्वास्थता बढाउने, शारिरीक शक्ति तथा स्मरण शक्ति बढाउने, Vitamin D को श्रोत, सिताके च्याउ मा अण्डा, माछा, मासुमा भन्दा अधिक प्रोटिन पाउनुका साथै हरियोसाग सब्जीमा पाइने Vitamins Minerals, Enzymes र Amino Acid हरु प्रशस्त मात्रामा पाईने हुनाले शारिरीक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भने अरुपनि असंख्य मात्रामा यस च्याउ बाट फाइदाहरु पाउन सकिने भएकोले विश्वमा अति नै प्रख्यात भएको कारण हुन । सिताके च्याउको लागि नेपालको भौगोलिक वातावरण: नेपाली भूमि विभिन्न जातका च्याउहरु खेती गर्न उपयुक्त छ । तर यो उच्च तापमान क्षेत्रहरूमा प्रविधिविना यसको उत्पादन गर्न उपयुक्त भने छैन । दिन,प्रतिदिन नेपाली युवा कृषि उद्यमीहरु सिताके च्याउ खेतीमा रुचि राख्ने किसानहरुको संख्या बढ्दै गएको देखिन्छ । तर, प्रौद्योगविज्ञहरु र प्रविधि को कमीको कारण यो व्यवसाय मा समस्या आई पर्दछन्। देशभित्र कृषि क्षेत्रमा हाल यसको मागहरु बढ्दै गइरहेको अवस्थामा, नेपाली युवा उद्यमीहरूको संख्या दिनौं बढ्दै गइरहेको अवस्था, तथापि, प्रविधिको कमीको कारण, कृषि उद्यमकर्ताहरूले यस परियोजनामा समस्या पाई रहेको अवस्थामा जापान देखि ल्याएको यो प्रविधि, प्रदान गर्न पाउँदा हामीलाई खुसी हुनेछ। नेपाली युवाहरु प्रविधिको प्रयोग गरि यस च्याउको खेति गरि बिदेसिनु पर्ने बाध्यतालाई नेपालमै रोजगारीको सिर्जना गरि राम्रो आयआर्जन, आफ्नै घर परिवार संगै बसी, खुशी जीवन बिताउनु सकिन्छ। जसले गर्दा वैदेशिक रोजगारमा नेपाली युवाहरु बिदेसिनु पर्ने बाध्यतालाई हटाउन सकिन्छ। यो व्यवसाय हाल नेपाल मात्र सिमित नभई , दक्षिण एशियाई देशहरू भारत, श्रीलंका, बंगलादेश, र भुटानमा यसको प्रभाव दिनों बढ्दै गइरहेको देखिन्छ । त्यसैले नेपाली युवा किसानहरुले यसको फाइदा लिन सकिन्छ। नेपालको भूमि, विभिन्न च्याउ खेती को लागि उपयुक्त भएता पनि, सिताके च्याउको उत्पादन प्राय जाडो महिना हो, र नेपालमा यसको जम्मा ४ महिना मात्र उत्पादन गर्न सकिन्छ, खुशीको कुरा यदी जापानी प्रविधि अपनाएमा, यो बर्ष भरिनै उत्पादन गर्न सकिने भएको छ। सिताके च्याउ खेती गर्न वा गराउन रुचिराख्नु भएकोमा यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद। खेती गर्नु अगाडी के हो सिताके? कसरी गरिन्छ सिताके च्याउको खेती? तपाईंको प्राय प्रश्नको जवाफ हाम्रो कम्पनीबाट तयार पारिएको यस सिताके च्याउ खेती सम्बन्धि आधारभूत अग्रिम जानकारी प्राप्त गर्न सक्नुहुनेछ। यसको लागि तल दिएको लिंकमा https://www.facebook.com/notes/everest-kinoko-pvt-ltd/welcome-to-everest-kinoko/1849426291795600/ ... If you wish, you can contact from this link सम्पर्कको लागि तपाईहरुले यो 👉🏽 लिंक http://m.me/everestkinoko द्वारा वैकल्पिक रूपमा, हामीलाई सन्देश पठाउन सक्नुहुनेछ। वा Tel No: 9818 422 512 हाम्रो बारेमा विस्तृत जानकारीको लागि https://www.facebook.com/everestkinoko/ To know more about please visit our Facebook page https://www.facebook.com/everestkinoko/ More details about our story and mission https://www.facebook.com/pg/everestkinoko/about/?ref=page_internal ... Shopping in FB Page https://www.facebook.com/pg/everestkinoko/shop/?ref=page_internal ... Shopping in Google https://everest-kinoko-pvt-ltd-kathmandu-nepal.business.site/ ...

Category

Show more

Comments - 97