Duration 5:50

लक्ष्मी पूजा यसरी गर्दा हुन्छ धनवृद्धी, लक्ष्मी पूजा बिधी- laxmi puja 2078

520 watched
0
14
Published 3 Nov 2021

तिहारमा काग,कुकुर ,गाई—गोरुको पूजासँगै लक्ष्मीको पनि पूजा गरिन्छ । कार्तिक कृष्ण औँसीको दिन घरलाई सफासुग्घर पारेर लिपपोत गरी दीपावली गरेर लक्ष्मी पूजा गर्दा धनधान्यले परिपूर्ण भई आरोग्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यसैगरी धन्तेरसको दिन पनि लक्ष्मीको विधिपूर्वक पूजाआजा गरिन्छ । हिन्दु धर्ममा हरेक देवताको निश्चित चिह्न ,पदार्थ,फूल,विरुवा,पात,खानेकुरा,चरा,जनावर सम्बन्धित भएको देखाएको छ । यो सम्बन्धको विशेष महत्व छ । यी सम्बन्धित कुरा शुद्ध र पवित्र पनि मानिन्छ् । यसले देवीदेवतालाई प्रशन्न पार्ने काम पनि गर्छ । लक्ष्मीसँग कुनकुन कुरा सम्बन्धित छ त ? लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ । आज साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ । सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बीलले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको हो। Along with the worship of crows, dogs and cows, Lakshmi is also worshiped during the festival. It is believed that on the day of Kartik Krishna Aunsi, the house is cleaned and tidied and Diwali is celebrated and Lakshmi is worshiped. Similarly, Lakshmi is worshiped on the day of Dhanteras. In Hinduism, certain deities, substances, flowers, plants, leaves, food, birds and animals are associated with each deity. This relationship has special significance. These things are also considered pure and holy. It also works to please the gods. What is related to Lakshmi? Along with Lakshmi Puja, it is also customary to worship daughters as a symbol of Lakshmi. There is a belief that after worshiping Lakshmi, Lakshmi will go out if she sends out the money or other items she has on that day. This evening the girls go from house to house in groups to play ball. In this way, paddy, rice, money and celeriac are given to the begging group. In the Satyayuga, when the Vamana incarnation Lord Vishnu asked for three feet of land, Danvaraj Beel satisfied the Lord and presented a unique example of Danvir. #astrological_lab #laxmipuja #laxmi #tihar #laxmi puja 2078 laxmi puja bidhi laxmi puja new laxmi puja in Nepali लक्ष्मी पूजा सुखरात्री लक्ष्मी पुजा साहित लक्ष्मीपुजा कसरी गर्ने लक्ष्मी पुजा गर्मे विधि laxmi puja 2021 laxmi puja nepali

Category

Show more

Comments - 3